माओवादीको स्थगित पदाधिकारी बैठक १९ गते बस्ने
सारांश
- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ।
- बैठकमा समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायतका एजेण्डामा छलफल हुनेछ।
- यसअघि, बैठक पटकपटक स्थगित हुँदै आएको थियो, जसमा उपसभामुख पदमुक्तिको विषय पनि थियो।
काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएपनि समय तोकिएको भएको छैन ।
‘भदौ १९ गते बैठक बस्ने भनिएको छ । समय निश्चित भएको छैन । भोलितिर थाहा होला’, उनले भने । गजुरेलले समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेण्डामा छलफल हुने बताए ।
स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए ।
तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो ।
त्यसपछि भदौ ६ र ८ गते बोलाएको बैठक पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरे । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण