आलोकश्रीले ल्याए रामकृष्ण ढकालको स्वरमा ‘सिङ्गो देश नेपाल चाहिन्छ’
काठमाडौँ । संगीतकार आलोकश्रीले राष्ट्रिय भावनाको गीत ‘सिङ्गो देश नेपाल चाहिन्छ’ ल्याएका छन् । देशप्रेमको कथा भन्ने गीतमा अशोक शेरचनको शब्द र रामकृष्ण ढकालको स्वर छ । गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा नेपाली वीरता झल्काउने विभिन्न ऐतिहासिक तस्वीरहरुको संयोजन गरिएको छ । गुञ्जन रेकर्डिङ स्टुडियोमा गीतलाई सुशीलविक्रम शाहले रेकर्ड गरेका हुन् भने भिडियो ग्राफिक्स विकास दाहालले गरेका छन् ।
नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय संगीतकार आलोकश्रीले संगीत भरेका हीरा काट्ने हीरैमा राखेर, निष्ठुरीले छाडेर, बिहान उठ्ने बित्तिकै, चरीले छाडेर गइगयो, मन रहे पो मायाप्रीति, थोरै थोरै रिस, फूलको जवाफ, कहिले तिम्रो पछ्यौरीमा अल्झेँ, आधा जिन्दगी, लाजको लाली, नौजाले मायाले, कुन माया सदर भो लगायत थुप्रै गीत लोकप्रिय छन् ।
‘सिङ्गो देश नेपाल चाहिन्छ’ गीत ‘म्युजिक नेपाल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण