रुपन्देही–३ उपनिर्वाचन
रास्वपाको प्राइमरी इलेक्सन : १ हजार ५ सय ६७ मत खस्यो
शुक्रबार, १३ भदौ २०८२, २० : २०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न प्राइमरी इलेक्सन सम्पन्न गर्यो।
- बिहीबारदेखि सुरु भएको अनलाइन भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको थियो, जसमा १५६७ मत खसेको थियो।
- रुपन्देही क्षेत्र नम्बर ३ मा पार्टीका साधारण सदस्य र तहगत समिति गरी २ हजार ७ सय १६ मतदाता थिए।
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जना आकाङ्क्षीबिच गरेको प्राइमरी इलेक्सन सम्पन्न भएको छ ।
बिहीबार बिहानदेखि अनलाइनमार्फत सुरु भएको भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको रास्वपाका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले रातोपाटीलाई जानकारी दिए ।
उनले निर्वाचन समितिलाई उद्धृत गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा पार्टी साधारण सदस्य र तहगत समिति गरी २ हजार ७ सय १६ मतदाता मध्ये अनलाइन भोटिङमा १ हजार ५ सय ६७ मत खसेको बताए ।
केन्द्रीय समितिले पनि मत हाल्न पाउने व्यवस्था अनुसार ६२ केन्द्रीय समितिमध्ये २७ मत खसेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण