शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रविधि

एआईका कामको ‘कपिराइट’ कसले पाउने ?

प्रतिलिपि अधिकार सामान्यतः लेखकलाई दिने गरिन्छ, अब लेखक नै मानिस नभएको अवस्थामा के हुन्छ ?
शनिबार, १४ भदौ २०८२, १० : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • एआईबाट निर्मित सामग्रीमा प्रतिलिपि अधिकारको विषयमा विभिन्न देशहरूमा फरक-फरक कानुनी व्यवस्था रहेको छ।
  • अमेरिकाले एआईद्वारा उत्पादित चित्रहरूलाई प्रतिलिपि अधिकार दिन अस्वीकार गरेको छ, तर चीनले यसलाई मान्यता दिएको छ।
  • यस विषयले लेखक, सफ्टवेयर निर्माता र अन्य सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूलाई असर पार्ने सम्भावना रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

अहिले इन्टरनेटमा ‘जेनेरेटिभ एआई’ बग्रेल्ती भेटिन्छन् । जसमार्फत तस्बिर, अक्षर तथा विभिन्न प्रकारका सामाग्रीको सिर्जना गरिन्छ । यस प्रकारका जेनेरेटिभ एआईले प्रतिलिपि अधिकार (कपिराइट)को मामिलामा भने दुई खाले उल्झन देखा पर्दैछ । पहिलो उल्झनबारे व्यापक बहस भइरहेको छ । 

यो एआई मोडेललाई तालिम दिनका लागि गर्नुपरेको कामको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्नसँग सम्बन्धित छ । अर्को चाहिँ एआईले सम्पन्न गर्ने काम तथा उत्पादन गर्ने रचनासँग जोडिएको छ । यसबारे मानिसको त्यति ध्यान पुगिसकेको छैन । प्रतिलिपि अधिकार सामान्यतः लेखकलाई दिने गरिन्छ । अब लेखक नै मानिस नभएको अवस्थामा के हुन्छ भन्ने प्रश्न उठेको छ ।

अमेरिकाले अहिलेसम्म आफ्नो लक्ष्मण रेखा तय गरिसकेको छ । सन् २०२३मा ‘यूएस कपिराइट अफिस’ ले सचित्र (ग्राफिक) उपन्यास ‘जार्या अफ द डन’लाई प्रतिलिपि अधिकार संरक्षण प्रदान गर्‍यो । तर कुनै प्रकारले एआई मार्फत उत्पादित चित्रहरूलाई भने संरक्षण गर्न मानेन । 

केवल मानिसद्वारा लेखिएका शब्द तथा वाक्यहरू साथै त्यसको रचनात्मक व्यवस्थापनलाई मात्रै प्रतिलिपि अधिकारको दायरामा राख्यो । यसलाई अझ प्रस्ट पार्दै, गत मार्च महिनामा ‘अ रिसेन्ट इन्ट्रान्स तो प्याराडाइज’ नामको एआई–सिर्जित कृतिलाई प्रतिलिपि अधिकार दिन अस्वीकार गर्‍यो । 

अदालतको फैसलामा आधारभूत रूपमा मान्छेले सिर्जना गरेको कृतिलाई मात्रै प्रतिलिपि अधिकार संरक्षण दिन सकिने उल्लेख छ । फैसलाको सन्देश भने द्विअर्थी छ । किनभने जतिसुकै उच्च कोटिको भनिएता पनि एआईलाई दिने ‘प्रम्प्ट’ मान्छेको अभावमा स्वतः लेखन कार्य सम्पन्न गर्न सक्दैनन् ।

अमेरिकाले एआईमार्फत उत्पादित चित्रहरूलाई प्रतिलिपि अधिकार दिन मानेन तर, चीनले भने ठिक विपरीत तरिका अपनाएको छ । सन् २०२३मा बेइजिङ इन्टरनेट अदालतले एआई सिर्जित सामाग्रीलाई प्रतिलिपि अधिकार संरक्षण प्रदान गर्न सकिने आदेश गर्‍यो ।

चीनले भने ठिक विपरीत तरिका अपनाएको छ । सन् २०२३मा बेइजिङ इन्टरनेट अदालतले एआई सिर्जित सामाग्रीलाई प्रतिलिपि अधिकार संरक्षण प्रदान गर्न सकिने आदेश गर्‍यो । प्रम्प्ट छनोट तथा उत्पादित सामाग्रीमा सुधारका लागि मानवीय सिर्जनशीलताको खाँचो हुने जिकिर गर्दै अदालतले प्रयोगकर्ताको बौद्धिक लगानीलाई मान्यता दियो । 

उता बेलायत र आयरल्यान्डले भने मध्यमार्ग रोजेका छन् । दुबै मुलुकका सम्बन्धित संस्थाले ‘कम्प्युटर–सिर्जित सामाग्री’मा प्रतिलिपि अधिकार संरक्षण प्रदान गरेका छन् । तर यस्तो संरक्षणको आधार भने भरपर्दो छैन । गत वर्ष बेलायत सरकारले यस्तो संरक्षण हटाउनेबारे छलफल गरेको थियो । 

आयरल्यान्डको एआई सल्लाहकार परिषद्ले पनि त्यहाँको सरकारलाई यस्तै सुझाव दिएको छ । वैश्विक रूपमा कानुनी प्रबन्धमा देखिएको भिन्नताले व्यापारमा भने समस्या सिर्जना गर्न सक्छ । एआईबाट उत्पादित एउटै सामाग्री बेइजिङमा कानुनी रूपमा संरक्षित हुँदै गर्दा बोष्टनमा भने सार्वजनिक वस्तुको रूपमा रहन सक्छ । 

यसको अर्थ अमेरिकामा एआईबाट बनाइएको कुनै प्रचार गीत वा विज्ञापन सबैले प्रयोग गर्न मिल्ने हुन्छ । यो विषयले आफ्ना काममा एआईको प्रयोग गर्ने लेखक, ग्राफिक सामाग्रीका सर्जक वा संगीतकारलाई मात्रै प्रभाव पार्दैन । यदि तपाई सफ्टवेयर बनाउने काम गर्नुहुन्छ भने तपाईँलाई पनि उत्तिकै प्रभाव पार्न सक्छ । 

एआईको हकमा भने अस्तित्वमै नभएको सामग्रीलाई कसरी प्रतिलिपि अधिकार दिने भन्ने प्रश्न आइपुग्छ । यस क्षेत्रका अधिवक्ताहरूले वैकल्पिक समाधान खोज्नुपर्ने भएको छ ।

अमेरिका वा समान कानुनी प्रबन्ध भएका मुलुकमा एआईले सिर्जना गरेको ‘कोड’बाट बनाइएका सफ्टवेयर उत्पादनमा प्रतिलिपि अधिकार प्रदान गर्न गाह्रो हुनसक्छ । केवल एक हरफ ‘कोड’ मात्रै एआईले सिर्जना गरेको हकमा पनि अन्योल सिर्जना हुन सक्छ । यसले कम्पनीको वास्तवमा स्वामित्वको स्वरूपमा निर्भर हुने व्यापारिक सम्झौताहरूलाई पनि असर पार्न सक्छ । 

आफ्ना कामदार तथा अन्यसँग हुने सम्झौतामा पनि यही समस्यामा हुन सक्छ । सम्झौताका धेरैजसो दस्ताबेजहरूमा कर्मचारी वा सम्झौतामा आधारमा काम गर्ने पक्ष वा भनौँ ठेकेदारले उपलब्ध गराउने कुनै पनि सामाग्रीको प्रतिलिपि अधिकार सम्बन्धित मुख्य कम्पनीसँग हुने प्रावधान हुन्छ । तर एआईको हकमा भने अस्तित्वमै नभएको सामग्रीलाई कसरी प्रतिलिपि अधिकार दिने भन्ने प्रश्न आइपुग्छ ।

अबका दिनमा कामदार तथा ठेकेदारहरूले एआई लगायतका नयाँ प्रविधि प्रयोग नगरुन् भन्ने आशा राख्नु अव्यवहारिक हुन्छ । सहजै कम्प्युटर टाइप गर्न सकिने सामाग्रीलाई हस्तलिखित सामाग्री स्वरूपमा बुझाउन लगाए जस्तै हास्यास्पद र अव्यवहारिक हुन्छ ।

यस क्षेत्रका अधिवक्ताहरूले वैकल्पिक समाधान खोज्नुपर्ने भएको छ । यदि एआई–सिर्जित कोडलाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त भएन भने समस्या सिर्जना हुन्छ । उदाहरणका लागि, अब हुने नयाँ सम्झौता जोगाउनका लागि त्यसलाई व्यापार गोप्य रहस्य जसरी नै लुकाएर राख्नुपर्ने हुन जान्छ ।

प्रतिलिपि अधिकार रणनीतिको पुनर्संरचना गर्नुपर्ने साथै व्यापारिक गोपनीयता तथा विश्वसनीयताको आधारमा सिर्जनाहरूको संरक्षण गर्नुपर्ने अवस्था आइपुगेको छ ।

म आफै पनि संलग्न रहेको आयरल्यान्डको एआई सल्लाहकार परिषद्ले केही कदम अघि बढेर, सरकारलाई निश्चित प्रकारका एआई सिर्जित सामाग्रीमा सीमित स्वरूपको प्रतिलिपि अधिकार संरक्षण प्रदान गर्न सुझाव दिएको छ । यद्यपि, सिर्जनात्मक क्षेत्रबाट यस्तो सुझावको विरोध भएको छ । एउटा देशमा मात्र यस्तो नीति लागू गर्न पनि गाह्रो छ।

भिक्टोरियाली युगमा सुरु भएका प्रतिलिपि अधिकारका नियम कानुनहरू आज काम नलाग्ने हुँदैन । आजका दिनमा मेसिनले व्यापक मात्रामा रचना गर्न सक्छ, कोडिङ गर्न सक्छ तथा सिर्जना गर्न सक्छ । ‘द न्युयोर्क टाइम्स तथा ‘गेट्ट इमेज’ जस्ता संस्थाले आफ्ना सामग्रीहरूको दुरुपयोग भएको भन्दै एआई कम्पनीहरू विरुद्ध मुद्दामामिला दायर गरिरहेका छन् । 

आजको मितिसम्म एआई सिर्जित सामग्रीको स्वामित्व कसको हुने भन्नेबारे अदालतमा परीक्षण हुनै बाँकी छ । तर यस्तो अवस्था सधैँ विद्यमान हुँदैन । ढिलोचाडो परिवर्तन हुन सक्छ । एआईले लेखन र लेखकबारे नयाँ स्वरूप ल्याउँदैछ । 

यो सङ्क्रमणमा जोगिनका लागि सम्झौताहरू पुनर्लेखन गर्नुपर्ने हुन्छ । प्रतिलिपि अधिकार रणनीतिको पुनर्संरचना गर्नुपर्ने हुन्छ । साथै व्यापारिक गोपनीयता तथा विश्वसनीयताको आधारमा सिर्जनाहरूको संरक्षण गर्नुपर्ने हुन्छ । अस्तित्वमै नभएको प्रतिलिपि अधिकारको मात्रै भर परेर सुरक्षा नहुन सक्छ ।

(फाइनान्सियल टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बेरी स्कान्नेल
बेरी स्कान्नेल
लेखकबाट थप