मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

शुक्रबार, १३ भदौ २०८२, २३ : ५३
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • प्रधान सेनापति अशोक राज सिग्देल थाइल्याण्डमा आयोजित सम्मेलनमा भाग लिएर स्वदेश फर्किए।
  • उनी भदौ १० देखि १२ गतेसम्म थाइल्याण्डको हुआ हिन शहरमा भएको सम्मेलनमा सहभागी भएका थिए।
  • सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी निर्मल कुमार थापाले स्वागत गरे।

काठमाडौँ ।  प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फर्किएका छन्।

भदौ १० देखि १२ गतेसम्म थाइल्यान्डको हुआ हिन शहरमा आयोजित चिफ्स अफ डिफेन्स सम्मेलनमा सहभागी भएर सिग्देल शुक्रबार नेपाल फर्किएका हुन् । 

अमेरिकाको इन्डो-प्यासिफिक कमाण्ड र रोयल थाई आर्म्ड फोर्सको सहकार्यमा उक्त सम्मेलन आयोजन गरिएको थियो । 

प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी निर्मल कुमार थापाले स्वागत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप