संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार
सारांश
- भोजपुरको ऐतिहासिक टक्सार बजार संरक्षणको पर्खाइमा छ, जुन बसाइँसराइका कारण सुनसान बनेको छ।
- ऐतिहासिक टक्सार बजारमा विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, तर बस्ती घट्दै जाँदा ती ओझेलमा पर्दैछन्।
- १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा लगायतका स्थलहरू पर्यटकका लागि आकर्षणको केन्द्र हुन्।
भोजपुर । औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ ।
दर्जनौँ धार्मिक एवं सांस्कृतिक स्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीयबासी अम्रिका तामाकार बताउँछन् । “ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो” उनले भने, “तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।”
विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्ने गर्थ्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन थालेपछि टक्सारमा अड्डासमेत स्थापना भएको थियो ।
यहाँ विस १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भिमसेन थान, तीन धारा लगायतका धार्मिकस्थल रहेका छन् । बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन् । “टक्सारमा दजनौँ धार्मिक स्थल छन्,” उनले भने, “जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन् । बजार नै जीर्ण बनेकाले यी क्षेत्र ओझेलमा परेका छन् ।”
राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयबासीको भनाइ छ ।
विसं २०१३ मा तत्कालीन राजा महेन्द्र शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गर्नु भएको थियो । सो समयमा करिब २०० /३०० परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको स्थानीयको भनाइ छ । टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको स्थानीय बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण