अन्तिम ओभरमा मदुशङ्काको ह्याट्रिक, श्रीलङ्काको नाटकीय जित
सारांश
- श्रीलङ्काले जिम्बाब्वेलाई ७ रनले पराजित गर्यो, मदुशङ्काले ह्याट्रिक लिए।
- जिम्बाब्वेका सिकन्दर रजाले ९२ रन बनाए भने बेन कुर्रन र सीन विलियम्सले पनि राम्रो प्रदर्शन गरे।
- श्रीलङ्काले पहिले ब्याटिङ गर्दै २९८ रन बनायो, जसमा पाथुम निस्सन्का र जनिथ लियानागेको महत्वपूर्ण योगदान रह्यो।
काठमाडौँ । श्रीलङ्काका तीव्र गतिका बलर दिलशान मदुशङ्काले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि हरारेमा भएको पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई ७ रनले हराएको छ।
२ सय ९९ रनको लक्ष्य पछ्याउँदै गरेको जिम्बाब्वेलाई अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा मदुशङ्काले लगातार तीन विकेट लिँदै खेलको नतिजा पल्टाइदिए।
२४ वर्षीय बलरले पहिलो बलमै सिकन्दर रजालाई बोल्ड गरे । त्यसपछि ब्राड इभान्सलाई क्याच आउट गराए र तेस्रो बलमा रिचर्ड ङगरावाको स्टम्प उखेल्दै ह्याट्रिक पूरा गरे। बाँकी तीन बलमा जिम्बाब्वेले दुई रन मात्र जोड्न सक्यो र ५० ओभरमा २९१-८ मा रोकियो।
मदुशङ्काले १० ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए। यससँगै उनी एकदिवसीयमा ह्याट्रिक लिने आठौँ श्रीलंकाली बलर बने।
यसअघि जिम्बाब्वेका रजाले ९२ रनको उत्कृष्ट पारी खेलेका थिए। उनले टोनी मुनीयोङ्गासँग (४३* रन) छैटौँ विकेटमा १२८ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट निकालेका थिए।
जिम्बाब्वेको इनिङ्सको सुरुवात भने खराब रह्यो। आसिथा फर्नान्डोले सुरुवाती दुई बलमै ब्रायन बेनेट र ब्रेन्डन टेलरलाई शून्यमै आउट गरेका थिए। त्यसपछि बेन कुर्रन (७० रन) र कप्तान सीन विलियम्स (५७ रन) ले तेस्रो विकेटका लागि ११८ रन जोडे।
यसअघि ब्याटिङमा उत्रिएको श्रीलङ्काले २९८-६ रन बनाएको थियो। पाथुम निस्सन्काले ७६ रन र कुशल मेन्डिसले ३८ रन बनाउँदै तेस्रो विकेटमा १०० रन जोडे भने अन्तिमतिर जनिथ लियानागेले नटआउट रहँदै ७० रन तथा कामिन्दु मेन्डिसले ५७ रन बनाउँदै १४ ओभरमै १३७ रन थपे।
कामिन्दु मेन्डिस अन्तिम बलमा आउट भए पनि श्रीलङ्काले २९८ रनको योगफल तयार गर्यो ।
यससँगै श्रीलङ्का दुई खेलको एकदिवसीय शृङ्खलामा १-० ले अघि बढेको छ। अब दुवै टोलीबिच तीन टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026