आरसीबीले विक्ट्री परेड दुर्घटनाका ११ परिवारलाई २५–२५ लाख आर्थिक सहयोग दिने
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बेंगलुरुले गत जुन ४ मा आयोजित विक्ट्री परेडमा ज्यान गुमाएका सबै ११ जनाको परिवारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।
फ्रेन्चाइजीले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेको छ, ‘टोली यस कठिन समयमा सबै पीडित परिवारका साथ खडा छ । यो सहयोग उनीहरूको जीवनमा केही राहत दिनका लागि गरिएको हो ।’
आरसीबीको टोली यस वर्ष पहिलो पटक आईपीएल च्याम्पियन बनेको थियो । यसपछि जुन ४ मा बेंगलुरुमा विक्ट्री परेडको आयोजना गरिएको थियो । उक्त परेडमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।
गत जुलाई १७ मा कर्नाटक सरकारको अनुसन्धान प्रतिवेदनले आरसीबीलाई दुर्घटनाको जिम्मेवार ठहर गरेको थियो । प्रतिवेदनमा विराट कोहलीको पनि नाम उल्लेख थियो । भनिएको थियो कि आरसीबीले चिन्नास्वामी स्टेडियममा आयोजित विक्ट्री परेडका लागि अनुमति लिएको थिएन ।
यद्यपि सरकारले कार्यक्रमलाई अचानक रद्द गर्दा हिंसा भड्किन सक्थ्यो र सहरमा कानुन व्यवस्था बिग्रिन सक्थ्यो पनि भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण