सिडेन गण्डकीको अध्यक्ष बने शिरश, केन्द्रीय अध्यक्षमा झालाई बढी मत
सारांश
- पोखरामा सम्पन्न अधिवेशनबाट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकीको अध्यक्षमा शिरश कुमार बास्तोला निर्वाचित भएका छन्।
- बास्तोलाले निकटतम प्रतिस्पर्धी अञ्जन थापालाई १ सय ७४ मतान्तरले पराजित गरे।
- गण्डकीमा ५ सय ६४ मतदातामध्ये ३ सय ५४ जनाले मतदान गरेका थिए।
पोखरा । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकीको अध्यक्षमा शिरश कुमार बास्तोला निर्वाचित भएका छन् ।
शनिबार पोखरामा सम्पन्न अधिवेसनबाट बास्तोला निकटतम प्रतिस्पर्धी अञ्जन थापालाई १ सय ७४ मतान्तरले पराजित गरेका हुन् । शिरशले २ सय ६३ मत ल्याउँदा अन्जनले ८९ मत मात्रै पाए ।
उपसभापतिमा १ सय ७७ मत सहित दीपकराज कँडेल निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी हेमप्रसाद गुरुङले १ सय ६९ मत पाए । सचिवमा महेन्द्र पौडेल १ सय ८० मत सहित विजयी हुँदा प्रतिस्पर्धी तारापति भट्टराईले १ सय ७२ मत ल्याए । यस्तै, सहसचिवमा नन्दलाल सापकोटाले १ सय ९१ मत ल्याएर जित दर्ता गर्दा सुसन त्रिपाठीको १ सय ५८ मत मात्रै आयो ।
५ सय ६४ मतदाता रहेको गण्डकीमा ३ सय ५४ जनाले मात्रै मतदान गरेका थिए । केन्द्रीय अध्यक्षमा गण्डकीबाट रविभूषण झाले अत्यधिक मत ल्याएका छन् । उनले १ सय ९१ मत पाउँदा धनेन्द्र केसीले १ सय ५९ मत पाए । उपाध्यक्षमा मदन पुरीको १ सय ७६ र सागर शमशेर शाहीको १ सय ५७ मत आएको छ ।
महासचिवमा भुपेन्द्र श्रेष्ठले १ सय ६८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सुदर्शन शर्माले १ सय ६२ मत र अर्का उम्मेद्वार कुलराज खनालले १६ मत मात्रै पाए । उपमहासचिवमा सन्तोष नेपालले १ सय ७७ मत पाए । उनका प्रतिस्पर्धी खगेन्द्र अवस्थीको १ सय ५७ मत छ । कोषाध्यक्षमा सुजित कोइरालाले १ सय ७७ मत पाउँदा रश्मिता बञ्जाराले १ सय ६६ मत पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण