भूमि विधेयकविरुद्ध प्रदर्शन गर्ने ३ जना विद्यार्थी नेता पक्राउ
सारांश
- कीर्तिपुरमा भूमि विधेयकको विरोधमा प्रदर्शन गर्ने तीन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लियो।
- जसपा नेपाल र समाजवादी विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको विरोध र्याली बल्खुबाट सुरु भई कीर्तिपुरमा समापन भएको थियो।
- प्रहरीले भूमि विधेयकविरुद्ध पर्चा वितरण गरिरहेका मनिष कुमार यादव, विपिन कुमार यादव र सुभाष यादवलाई पक्राउ गरेको हो।
काठमाडौँ । कीर्तिपुरमा भूमि विधेयकविरुद्ध आयोजित विरोध कार्यक्रममा सहभागी तीन जना विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय सम्पर्क समिति र सो पार्टी निकट समाजवादी विद्यार्थी युनियन, नेपालको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु चोकबाट कीर्तिपुर गेटसम्म आज दिउँसो विरोध र्याली र प्रदर्शन गरिएको थियो।
समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष कुमार यादव, साथै अध्यक्ष रामबहादुर जाग्रीलगायत करिब ३५–४० जना कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम बल्खुबाट सुरु कीर्तिपुर नयाँ बजार गेटमा पुगेर सम्पन्न भएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले “चुरे दहन बन्द गर”, “भूमि विधेयक फिर्ता गर”, “भ्रष्टाचारी जनविरोधी सरकार मुर्दावाद”, “पहिचानवादी शक्तिहरू एक हौँ” लगायतका नारासहित प्लेकार्ड र पार्टीका झण्डा प्रदर्शन गरेका थिए।
कार्यक्रमपछि भूमि विधेयक आयोगविरुद्ध पर्चा वितरण गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मनिष कुमार यादव, विद्यार्थीका केन्द्रीय सदस्यहरू विपिन कुमार यादव र सुभाष यादव छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुरमा राखिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण