लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन
शनिबार, १४ भदौ २०८२, २० : ५२
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले रातोपाटीलाई बताए ।
पूर्वीरुकुम तकसेरा निवासी पुनलाई केही एक महिना अघि काठमाडौँ लगिएको थियो । खड्काले भने, 'म यही अस्पताल छु, उहाँको निधन भएको केही समय भयो ।'
अस्पतालमा एकैपटक दुईवटा मेजर अपरेसन गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनका वेला उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभा सदस्य चुनिएकी थिइन् । पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण