पूर्वराष्ट्रपति बोल्सोनारोको निवासबाट बाहिरिने सवारी साधनमा खानतलासी गर्न आदेश
सारांश
- ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको घर वरपर निगरानी बढाउन आदेश दिइएको छ।
- बोल्सोनारोमाथि अर्जेन्टिना भागेर शरण लिने योजना बनाएको आरोप लागेको छ।
- बोल्सोनारो र अन्य सात जनामाथि वामपन्थी लुला डा सिल्भासँग चुनाव हारेपछि गैरकानुनी रूपमा सत्तामा टिकिरहने षडयन्त्र गरेको अभियोग छ।
ब्रासिलिया। ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोको घर वरपर थप निगरानी गर्न आदेश दिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले ब्रासिलियास्थित पूर्व राष्ट्रपतिको निवास रहेको भवनबाट बाहिरिने सबै सवारी साधनको भित्री भाग र ‘डिकी’को निरीक्षण गर्न आदेश दिएका हुन् ।
उनले जेलका अधिकारीहरूलाई उद्धृत गर्दै भने, “निवासको बाहिरी क्षेत्र, वरपरका घरले अगाडिबाट नदेखिने अदृश्य बाटाहरू उहाँ भाग्ने जोखिमयुक्त स्थान हुनसक्छन्।”
सर्वोच्च सङ्घीय अदालतमा बोल्सोनारोको मुद्दाको सुनुवाइ गरिरहेका डी मोरेसले गत अगस्ट ४ देखि बोल्सोनारोलाई नजरबन्दमा राखिएको क्षेत्रमा २४ घण्टा नै प्रहरी उपस्थित हुन आदेश दिइसकेका छन् ।
ब्राजिलका अभियोजनकर्ताहरूले बोल्सोनारोले गत वर्ष अर्जेन्टिनामा शरण लिने योजना बनाएको खुलासा गर्दै ७० वर्षीय बोल्सोनारोले लामो जेल सजायबाट बच्न सक्ने प्रमाणका रूपमा काम गरिरहेका थिए।
सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका बोल्सोनारोसहित सात जना सहआरोपीमाथि वामपन्थी लुइज इनासियो लुला डा सिल्भासँग चुनाव हारेपछि गैरकानुनी रूपमा सत्तामा टिकिरहने षडयन्त्र गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।
सर्वोच्च अदालतले मङ्गलबारदेखि फैसला सुनाउन सुरु गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त पूर्वसैनिक कप्तानलाई दोषी ठहरिएमा ४० वर्षको जेल सजाय हुनसक्छ ।
शुक्रबार बोल्सोनारोका एक छोराले आफ्ना पिता सङ्कटमा परेको बताएका थिए ।
छोरा कार्लोस बोल्सोनारोले भनेका छन्, “बूढो र दुब्लो हुनुभएको छ, उहाँलाई खाना रुच्न छोडेको छ र निरन्तर बाडुली र उल्टीको समस्या बल्झिने गरेको छ।”
सन् २०१८ को एक चुनावी अभियानका क्रममा छुरा प्रहारपछि उत्पन्न पाचनसम्बन्धी समस्याका कारण गत जुलाईमा पूर्व राष्ट्रप्रमुखलाई निरन्तर बाडुली र उल्टीको समस्या देखिएको थियो । स्वास्थ्य समस्याका कारण अगस्टमा स्वास्थ्य परीक्षण गरिएको थियो । उहाँलाई हालै दुई पटक निमोनिया पनि पत्ता लागेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण