आज देशका यी नदीहरूमा बाढीको जोखिम उच्च
सारांश
- जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ।
- सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा बाढीको उच्च जोखिम रहेको छ।
- विभागले उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ ।
महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम रहेको छ।
कोशी, नारायणी, बागमती, कमला, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।
कोशीका सहायक नदीहरू त्रिवेणी, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, देवघाट, त्रिशुली, वेत्रवती, बुढीगण्डकी, आसुघाटक, मस्यर्दी, विमल नगर, सेती, दमैलीमा बहाव सामान्य रहनेछ।
कर्णालीका सहायक नदीहरू चिसपानी, असरंगाघाट, भेरी, समजिघाट, पश्चिम सेती, दिपायलमा बहाव सामान्य रहनेछ। महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा पनि बहाव सामान्य रहने अनुमान छ।
विभागले उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित बाढी तथा पहिरोबाट बच्न आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण