अल–राहवीलाई निशाना बनाइएकोबारे के भन्छ इजरायली सेना ?
सारांश
- यमनका हुथी विद्रोहीहरूले इजरायली हवाई आक्रमणमा प्रधानमन्त्री अहमद गालिब नासिर अल-राहवीको मृत्यु भएको पुष्टि गरेका छन्।
- इजरायली सेनाले यमनी राजधानी सानामा आक्रमण गर्दा अन्य वरिष्ठ अधिकारीहरूको समेत मृत्यु भएको बताइएको छ।
- हुथी विद्रोहीहरूले २०१४ देखि यमनको उत्तरपश्चिमी भाग कब्जा गरेका छन्, जसले गृहयुद्ध निम्त्यायो।
तेल अभिभ । यस हप्ताको सुरुमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब नासिर अल–राहवीको मृत्यु भएको पुष्टि यमनका हुथी विद्रोहीहरूले गरेका छन् ।
इजरायली सेनाले यमनी राजधानी सानामा आक्रमण गरेको र यो आक्रमणमा अन्य धेरै वरिष्ठ अधिकारीहरूको समेत मृत्यु भएको । इरान समर्थित संगठनले बिहीबार बतायो ।
साना क्षेत्रमा बैठक भइरहँदा इजरायली लडाकु विमानहरूले राहवी र अन्य हुथी अधिकारीहरूलाई लक्षित गरेको इजरायली सेनाले बताएको छ । हुथी विद्रोहीहरूले २०१४ देखि यमनको उत्तरपश्चिमी भाग कब्जा गरेका छन् ।
त्यही वर्ष उनीहरूले सानाबाट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई निष्कासन गरे, जसले गर्दा यमनमा विनाशकारी गृहयुद्ध सुरु भयो । धेरै मन्त्रीहरूसँगै राहवी मारिएको हुथी विद्रोहीहरूले भनेका छन् । तर उनीहरूले मृत्यु भएका मन्त्रीहरूको नाम लिएनन् ।
साउदी अरेबियाको समाचार साइट अल–हदथमा छापिएको खबरका अनुसार, आक्रमणमा हुथी विद्रोहीका विदेशमन्त्री, साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रम मन्त्रीहरू पनि मारिएका छन् ।
अहमद अल–रहवी लगभग एक वर्ष अघि प्रधानमन्त्री बनेका थिए, तर सरकारको बागडोर उनका उपप्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो । शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण