‘पवित्र रिश्ता’की अभिनेत्री प्रिया मराठेको निधन
सारांश
- लोकप्रिय टेलिभिजन अभिनेत्री प्रिया मराठेको ३८ वर्षको उमेरमा मुम्बईमा निधन भयो।
- उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेकी थिइन् र उपचारको क्रममा थिइन्।
- प्रिया मराठेले मराठी सिरियल र हिन्दी शोहरूमा अभिनय गरेकी थिइन्।
मुम्बई । लोकप्रिय टेलिभिजन अभिनेत्री प्रिया मराठेको आइतबार बिहान मुम्बईमा निधन भएको छ।
३८ वर्षीया मराठे लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिइन्। महाराष्ट्र टाइम्सका अनुसार उपचारको क्रममा रहे पनि रोगबाट पूर्ण निको हुन सकेकी थिइनन्।
सन् १९८७ अप्रिल २३ मा मुम्बईमा जन्मिएकी प्रिया मराठेले त्यहीँबाट स्कुल र कलेज अध्ययन गरेकी थिइन्। अध्ययन पूरा गरेपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले मराठी सिरियल ‘या सुखानोया’ र ‘चार दिवस सासुचे’ बाट टेलिभिजनमा डेब्यू गरेकी थिइन्।
मराठेले बलाजी टेलिफिल्म्सको ‘कसम से’ मा विद्या बालीको भूमिका निर्वाह गरेकी थिइन् भने ‘कमेडी सर्कस’ को पहिलो सिजनमा पनि देखिएकी थिइन्। त्यसपछि उनी चर्चित टेलिभिजन शो ‘पवित्र रिश्ता’ मा देखिएकी थिइन्, जहाँ उनले वर्षा सतीशको भूमिका निभाएकी थिइन्।
यस्तै, उनी ‘बडे अच्छे लगते हैं’ मा ज्योति मल्होत्राको भूमिकामा देखिएकी थिइन्। उनका अन्य चर्चित काममा तू तिथे मी, भाग रे मन, जयस्तुते र भारत का वीर पुत्र – महाराणा प्रताप पर्दछन्।
अभिनेत्री मराठेको निधनले हिन्दी र मराठी मनोरञ्जन जगत शोकाकुल बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण