नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
सारांश
- नेपाल पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति भएको छ।
- नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि सूचना विभागले निवेदनहरू सङ्कलन गर्नेछ।
- अनलाइन सञ्चारमाध्यमले ६ महिनाभित्र नवीकरण गराउनुपर्ने व्यवस्था यथावत छ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच ४ बुँदे सहमति भएको छ । आइतबार मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो ।
मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनुपर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्ने लगायत रहेका छन् ।
महासंघले गत शुक्रबार मन्त्रालयमै पुगेर मन्त्री र सचिवलाई ७२ घण्टाको अल्टिमेटम दिएर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण