लुम्बिनी प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्त्येष्टि
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झन्डा ओढाएका हुन् । त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
पार्टीका अगुवा नेता,कार्यकर्ता, परिवारका सदस्य, आफन्तहरूको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरा बाछी गाउँ निवासी पुनको शनिबार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
निधनप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने कार्यमा पुनले महत्त्वपूर्ण योगदान गरेको बताए ।
उनलाई एक दूरदर्शी, इमानदार, अनुशासित, विकास प्रेमी र निष्ठावान् जनप्रतिनिधिका रूपमा स्मरण गर्दै पुनको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको मुख्यमन्त्री आचार्यले बताए ।
पुनको केही दिनअघि एकै पटक दुई वटा ठुलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन भने दोस्रो अपरेसनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण