‘विशिष्ट चलचित्रकर्मी'को सम्मान पाउनेमा सबैभन्दा धेरै प्राविधिक*
सारांश
- नेपाल सरकारले तीन दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा योगदान पुर्याएका ८६ जना विशिष्ट चलचित्रकर्मीलाई परिचय पत्र प्रदान गरेको छ।
- यो परिचय पत्रले कलाकार, निर्देशक, निर्माता, लेखक, संगीतकार, नृत्य निर्देशक र प्राविधिकलगायत विभिन्न विधाका चलचित्रकर्मीलाई सम्मान गरेको छ।
- विशिष्ट चलचित्रकर्मी परिचय पत्र पाउनेले १ लाख ५० हजार बराबरको सुरक्षा बिमा पाउनेछन्।
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि अतुलनीय योगदान पुर्याएका ८६ चलचित्रकर्मीलाई नेपाल सरकारले ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गरेको छ ।
चलचित्र विकास बोर्डले आइतबार आयोजना गरेको एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीलगायतले उनीहरूलाई यो सम्मान प्रदान गरेका हुन् ।
यो परिचय पत्र नेपाली चलचित्रको विकास र विस्तारमा लामो समयदेखि सक्रिय रहेका प्रतिभाहरूलाई सम्मान गर्ने सरकारको एक महत्त्वपूर्ण कदम हो । यसले उनीहरूको समर्पण, मिहिनेत र कलालाई राष्ट्रियस्तरमा पहिचान दिएको छ ।
कलाकार, निर्देशक, निर्माता, लेखक, संगीतकार, नृत्य निर्देशक, गीतकार, प्राविधिकलगायत विभिन्न विधाका चलचित्रकर्मीहरूले यो परिचय पत्र प्राप्त गरे । ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्राप्त गर्ने चलचित्रकर्मीमा सबैभन्दा धेरै प्राविधिक छन् भने त्यसपछि कलाकारको नाम छ ।
प्राविधिकतर्फ लाइट, मेकअप, निर्माण नियन्त्रक, छायांकन, सम्पादन, श्रृंगार, भेषवूषा लगायतका विधा गरेर ४१ जनाले प्राप्त गरेका छन् । कलाकारतर्फ २९ जना छन्, जहाँ पछिल्लो समय चर्चित रहेका कलाकारदेखि केही अघिसम्मका छन् ।
त्यस्तै ७ जना निर्देशक, ३ जना निर्माता, १ जना लेखक, १ जना संगीतकार, १ जना नृत्य निर्देशक, २ जना प्रदर्शक, १ जना गीतकार रहेका छन् ।
अन्य कलाकारमा दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, अञ्जु रंजितकार, अमितेश शाह, कृष्णप्रसाद सिवाकोटी, केदारबहादुर कार्की, घश्याम खतिवडा, गिरधारी बस्तोला, चन्द्र प्रकाश पौडेल, जयन्त प्रसाद रेग्मी, जयराम खत्री केसी, दिनेश काजी योगल श्रेष्ठ, दीपक अधिकारी, नरेन्द्र बहादुर थापा, पवन जोशी, प्रभावकर शर्मा, बसन्त बहादुर खत्री, मुकुन्द कुमार श्रेष्ठ, मुकुन्द प्रसाद मैनाली, रमेश उप्रेती, रमेश बस्नेत, राजिब मानन्धर, लक्ष्मण श्रेष्ठ, विशाल पहाडी, सारदा गिरी, साकार पन्त, सुनिल थापा, यादव सिटौला लगायत रहेका छन् ।
कोको छन् निर्देशक ?
निर्देशकका रूपमा ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्राप्त गर्नेमा अमृत मान महर्जन, उपेन्द्र तिमिसेना, जनक गुरुङ, बद्री अधिकारी, विश्व बस्नेत, भद्रकाली नेपाल (नवल नेपाल) र रन्जित राना हुन् । यो परिचय प्राप्त गर्नेमा विश्व बस्नेत अभिनेताका रूपमा चर्चित छन् । बद्री अधिकारी, भद्रकाली नेपाल (नवल नेपाल) र रन्जित रानाले भने थुप्रै फिल्म दिएका छन् ।
तीन निर्माता, एक लेखक
‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्राप्त गर्ने तीन निर्मातामा पूर्णप्रसाद सुवेदी (मिलन), राजेन्द्र केसी, रामकृष्ण बजगाई रहेका छन् भने एक लेखकमा बज्रेश खनाल छन् । लेखन मात्र होइन, एक–एक जना नृत्य निर्देशक, संगीतकार, गीतकारले समेत यो उपाधि पाएका छन् । त्यस्तै २ जना फिल्म प्रदर्शक पनि यो उपाधि पाउनेको सूचीमा छन् । संगीतकारमा मनोहर परियार (सुनाम), नृत्य निर्देशकमा दिनेश पाख्रिन, गीतकारमा सुरेन्द्र राना छन् भने प्रदर्शकमा प्रदीप कुमार उदय, विक्रम पराजुली छन् ।
सुविधा के छ ?
सरकारको तर्फबाट आइतबार वितरण गरिएको ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’मा प्राप्त गर्नेले एक लाख ५० हजार बराबरको सुरक्षा बिमा पाउनेछन् ।





*यसअघि अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण