जीवनमा कहिल्यै राम्रो महसुस गरिनँ: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था बिग्रिएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ।
- ट्रम्पले सामाजिक सञ्जालमा आफूले पहिले कहिल्यै यस्तो राम्रो अनुभव नगरेको बताएका छन्।
- उपराष्ट्रपति जेडी भान्सले आफू राष्ट्रपतिको जिम्मेवारी लिन तयार रहेको बताएपछि अड्कलबाजी बढेको थियो।
वासिङ्टन डिसी । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य स्थिति बिग्रिँदै गइरहेको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालहरूमा ट्रम्पको स्वास्थ्यबारे धेरै कुरा आएका छन् । यसैबिच, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘सोसल टु«थ’मा एउटा पोस्ट गर्दै आफूले आफ्नो जीवनमा कहिल्यै राम्रो महसुस नगरेको बताएका छन् ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा ट्रम्पका केही तस्बिरहरू भाइरल भएका थिए । यसमा उनको हातमा केही निशानहरू देखिन्थे, जुन चोटपटक जस्तो देखिन्थ्यो । यसपछि, ट्रम्पको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी सुरु भयो । अफवाह बढ्दै गर्दा सामाजिक सञ्जालमा ‘ट्रम्प मरिसके’ ट्रेन्डिङ हुन थाल्यो । यी अफवाहहरू पछि दिक्क भएर ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्नुपर्यो । राष्ट्रपति स्नायुसँग सम्बन्धित रोगबाट पीडित रहेको र हातमा देखिएका निशानहरू पनि त्यसैसँग सम्बन्धित रहेको विज्ञप्तिमा भनिएका थियो ।
आफ्नो स्वास्थ्यबारे अनेकौँ हल्लाहरूका बिचमा, ट्रम्प समर्थक डिसी ड्रानोले एक पोस्ट पोस्ट गरेका हुन् । जुन पोस्टमा उनले लेखेका छन्, ‘जो बाइडेन धेरै दिनदेखि सार्वजनिक रूपमा देखिएनन्, तर मिडियाले उनलाई तीक्ष्ण र आफ्नो काममा दक्ष भन्थ्यो । जबकि उनी डाइपर लगाएर सुत्ने गर्थे । राष्ट्रपति ट्रम्पले अमेरिकी इतिहासमा अन्य कुनै पनि राष्ट्रपतिको तुलनामा सार्वजनिक काममा बढी समय बिताउँछन् र उनी २४ घण्टा मात्रै गायब भए भने मिडिया भड्किन्छ । यो हास्यास्पद र दोहोरो मापदण्ड हो ।’ यस पोस्टमा ट्रम्पले ‘मैले मेरो जीवनमा कहिल्यै राम्रो महसुस गरिन’ भनेर पनि लेखेका थिए ।
जेडी भान्सको भनाइपछि बढेको थियो अड्कलबाजी
दुई दिन अघि एक अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कुनै पनि भयानक त्रासदी वा आपत्कालमा आफू राष्ट्रपति पदको जिम्मेवारी लिन तयार रहेको बताएका थिए । उनको यो अभिव्यक्ति पछि सनसनी मच्चियो । तर, भान्सले राष्ट्रपति ट्रम्पको स्वास्थ्यको बारेमा भइरहेको अड्कलबाजी निराधार भएको र उनको स्वास्थ्य धेरै राम्रो रहेको पनि स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण