जापानको सेकेन्ड ह्यान्ड अनलाइन बजारमा गर्भवतीको अल्ट्रासाउन्डको फोटो बिक्रीमा प्रतिबन्ध
टोकियो । सेकेन्ड ह्यान्ड सामान बेचबिखन हुने जापानी अनलाइन बजार मेर्कारीले गर्भवतीको अल्ट्रासाउन्डको फोटो बिक्रीमा रोक लगाएको छ ।
गर्भावस्थासँग सम्बन्धित धोकाधडी र ठगी रोक्न यो निर्णय गरिएको हो । यस्ता प्लेटफर्ममा जन्मिँदै नजन्मिएका बच्चाको फोटो बिक्री आफैंमा अनौठो कुरा हो । मेर्कारीले यस्तो कारबाही गर्नेबारे कहिले पनि सोचेको थिएन ।
हालै माइक्रो ब्लगिङ वेबसाइट एक्समा अल्ट्रासाउन्डको फोटो र प्रेग्नेन्सी टेष्टको नतिजा पोजेटिभ आएका फोटोहरू ठुलो संख्यामा पोस्ट भयो । त्यो यति छिटो भाइरल भयो कि यसमा केही बेरमा सयौं कमेन्ट ओइरिए ।अधिकांशले यी फोटो कि त अरुलाई प्र्याङ्क गर्न प्रयोग हुने कि गर्भावस्थासँग समबन्धित धोकाधडीमा दुरुपयोग हुने बताए ।
पहिलो तर्कलाई कम्पनीले सामान्य मानेर बेवास्ता गरे पनि दोस्रोले उसलाई झकझकाइरह्यो । यसपछि कम्पनीले आफ्नो प्लेटफर्मममा गर्भवतीको अल्ट्रासाउन्डको फोटो बिक्रीमा रोक लगाउने निर्णय गर्यो । जापानमा यस्ता फोटो देखाएर पूर्वप्रेमी वा यौन सम्बन्ध राखेका व्यक्तिसँग पैसाको माग गर्नुलाई गर्भावस्थासँग सम्बन्धित धोकाधडी अर्थात् ‘निन्शिन सागी’ भनिन्छ ।
ठगले सुरुमा त ‘हुनेवाला पिता’सँग गर्भ तुहाउन पैसा माग्छन्, पैसा पाएनन् भने ब्ल्याकमेल गर्न थाल्छन् । यस कामका लागि स्क्यामरहरूले अल्ट्रासाउन्ड, फोटो र प्रेग्नेन्सी टेस्ट पोजिटिभ आएको अरू कसैको किट आदिको प्रयोग गर्छन् ।
स्क्याम गर्नकै लागि मेर्कारीजस्ता प्लेटफर्ममा अल्ट्रासाउन्डका फोटो किनबेच भइरहेको कुनै स्पष्ट प्रमाण भने छैन । माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटै पोस्टबाट विवाद चर्किएको थियो, जुन यस्ता वस्तुको किनबेचमा रोक लगाउन पर्याप्त भइदियो । कम्पनीले यसो गर्नुको कारण त स्पष्ट पारेको छैन, तर यसले बेच्न नमिल्ने वस्तुको सूचीमा अल्ट्रासाउन्डका फोटालाई पनि राखेको छ । यो प्रतिबन्ध सेप्टेम्बर १ देखि लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण