स्वास्थ्य मन्त्रालयद्वारा बेरुजु फर्छ्यौट र न्यूनीकरणका लागि कार्ययोजना सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेरुजु फर्छ्यौट, बेरुजु न्यूनीकरण, बेरुजुको अभिलेख व्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष ०८२/०८३ का लागि मन्त्रालयले बेरुजु फर्छ्यौट, न्यूनीकरण, अभिलेख व्यवस्थापनबारे कार्ययोजना बनाइएको हो ।
मन्त्रालयका अनुसार कार्ययोजनाले मातहतका सबै विभाग, महाशाखा तथा कार्यालयहरूलाई वित्तीय अनुशासन कायम गर्न र बेरुजु घटाउन जिम्मेवार बनाउने छ ।
कार्ययोजना मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, राष्ट्रिय क्षय रोग नियन्त्रण केन्द्र भक्तपुर लगायत मन्त्रालयसँग सम्बन्धित गैर बजेटरी निकायहरू (प्रतिष्ठान, बोर्ड, केन्द्रीय अस्पताल) हरूमा लागू हुने उपसचिव (लेखा) गोपी चन्द्र भण्डारीद्वारा सोमबार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण