चीनमा ओली र पुटिनबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबिच भेटवार्ता भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबिच साेमबार चीनकाे थियानजिनमा औपचारिक भेटवार्ता भएकाे हाे ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार–लगानी, र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका विषयमा छलफल भएको छ।
त्यस्तै भेटमा उनीहरूबिच विभिन्न क्षेत्रीय र बहुपक्षीय विषयमा समन्वय र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएकाे जोड प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
यस्तै ओलीले आजै थियानजिनमा आयोजित एससिओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउँदै सम्बोधन गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका थिए ।
चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई)ले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर साझा भविष्यका लागि समुदायका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने उनको भनाइ थियो ।
यस्तै ओलीले पुटिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन गत शनिबार चीन प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण