लबिम मलमा १ रुपैयाँमा पार्किङ सुविधा
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ललितपुरको पुल्चोकस्थित लबिम मलसँग सहकार्य गरी SCT–UnionPay कार्डबाहकका लागि विशेष पार्किङ सुविधा सुरु गरेको छ। यस अन्तर्गत कार्ड प्रयोगकर्ताले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा प्रति घण्टा मात्र रु १ मा पार्किङ गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो सुविधा अधिकतम ५ घण्टासम्म उपलब्ध हुनेछ। ग्राहकले आफ्नो SCT–UnionPay कार्ड प्रयोग गरी पार्किङमा राखिएको पीओएस मेसिनमार्फत पार्किङ शुल्क भुक्तानी गर्नुपर्नेछ। सेवा सेप्टेम्बर १ (भदौ १६) देखि सुरु भइसकेको छ र सेप्टेम्बर महिना भर लागु रहनेछ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त SCT का अनुसार इच्छुक ग्राहकहरूले SCT–UnionPay डेबिट कार्डका लागि कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्नेछन्।
कम्पनीले निकट भविष्यमा पनि आफ्ना कार्डबाहकका लागि थप आकर्षक सुविधा र लाभ उपलब्ध गराइने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण