कर्णाली राजमार्ग फेरि अवरुद्ध : यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
मङ्गलबार, १७ भदौ २०८२, १९ : ५०
सुर्खेत । कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा शनिबारदेखि अवरुद्ध भएको सडक आज दिउँसो १२ बजेबाट पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।
तर, साँझ साढे ५ बजेतिरको भीषण वर्षाका कारण राजमार्ग सोही स्थानमा पुनः अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गगने खोला क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले आज सडक सुचारु गर्न सम्भव छैन। सडक भोलि मात्र खुल्ने जानकारी गराइएको छ ।
सडक डिभिजन कार्यालयले सम्पूर्ण यात्रु महानुभावहरूलाई यस बर्सातको समयमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र रात्रीको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण