एभरेष्ट महिला भलिबलको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने
मङ्गलबार, १७ भदौ २०८२, २१ : ३२
काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेल साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजले प्रतिस्पर्धा गर्ने भएका छन् ।
दोस्रो संस्करणको उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबार नै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबिच अपराह्न ४ बजे दोस्रो खेल हुनेछ ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुँदै छ । प्रतियोगितामा कर्णालीसहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीले सिंगल राउन्ड रोबिनका आधारमा अकापसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबिच भदौ २८ गते फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण