बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

दक्षिण अफ्रिकासँग इंग्ल्यान्डको लज्जास्पद हार

मङ्गलबार, १७ भदौ २०८२, २२ : २२
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • इंग्ल्यान्डले पहिलो एकदिवसीय खेलमा दक्षिण अफ्रिकासँग सात विकेटको हार बेहोर्यो।
  • इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै १३१ रनमा अलआउट भयो, जसमा कप्तान ब्रुक १२ रनमा रनआउट भए।
  • दक्षिण अफ्रिकाले २९.१ ओभरमा लक्ष्य पूरा गर्‍यो, एडन मार्करामले ८६ रन बनाए।

लिड्स । ह्यारी ब्रुकको नेतृत्वमा नयाँ युगको सुरुवात गरिरहेको इंग्ल्यान्डले लिड्सको हेडिङ्ले मैदानमा भएको पहिलो एकदिवसीय खेलमा दक्षिण अफ्रिकासँग सात विकेटको लज्जास्पद हार बेहोरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २४.३ ओभरमै १३१ रनमै अलआउट भयो। ८२-२ को अवस्थामा रहेपछि टोलीको पारी एकाएक धराशायी बन्यो। कप्तान ब्रुक १२ रनमा रनआउट भए भने ओपनर जेमी स्मिथले ४८ बलमा ५४ रन बनाए पनि अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा टिक्न सकेनन्।

इंग्ल्यान्डका अन्तिम सात विकेट जम्मा २९ रनमा खसे। दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले ४ विकेट लिए भने विआन मुल्डरले ३ विकेट हात पारे।

बलिङमा पनि इंग्ल्यान्ड निराशाजनक रह्यो। नयाँ खेलाडी सन्नी बेकरले डेब्यूमा ७ ओभरमा ७६ रन खर्चिए, जसमा १४ चौका प्रहार भएका थिए। यो इंग्ल्यान्डको ओडीआई डेब्यूमा सबैभन्दा महँगो बलिङ आँकडा बन्यो।

दक्षिण अफ्रिकाले लक्ष्य २९.१ ओभरमै पूरा गर्‍यो। एडन मार्करामले ५५ बलमा ८६ रनको तुफानी पारी खेले। अन्तिममा रयान रिकेलटन ३१ रनमा अविजित रहे।

यस हारसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि गएको छ। दोस्रो खेल बिहीबार लर्ड्स मैदानमा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप