सुर्खेत यातायात कार्यालयमा 'वन स्टप सेवा' लागू, अब एकै ठाउँबाट सबै काम
सारांश
- सुर्खेत यातायात व्यवस्था कार्यालयमा एकल बिन्दु सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ।
- मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सेवा छरितो बनाउने निर्णय गरेको हो।
- यस प्रणालीले सेवाग्राहीलाई एउटै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्न सहज बनाउनेछ।
सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवाप्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन एकल बिन्दु सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ।
मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयलाई यो सेवाका लागि छनोट गर्ने निर्णय गरेको हो।
एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीले एउटै स्थानबाट सम्पूर्ण यातायात सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्।
हालसम्म सवारी साधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाँचपास र सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाका लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता थियो।
यो सेवा लागू भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ। मुख्यमन्त्री कँडेलले बैठकमा सम्बोधन गर्दै यो सेवा सञ्चालन भएसँगै आम नागरिकले यातायात सम्बन्धी सेवा लिनका लागि अनावश्यक रुपमा हुने ढिलाइ कम हुने बताए।
उनले एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकै स्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गरे। प्रारम्भिक चरणमा यातायात व्यवस्था कार्यालय सुर्खेतलाई यसका लागि छनोट गरिएको छ।
यो निर्णयसँगै यातायात कार्यालय सुर्खेतले दिने सेवा प्रवाह सहज, छरितो र प्रभावकारी हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण