शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आर्थिक मन्दीको सङ्घारमा छ अमेरिका

बुधबार, १८ भदौ २०८२, १२ : ५१
बुधबार, १८ भदौ २०८२

सारांश

  • अमेरिकी अर्थतन्त्र मन्दीको संघारमा रहेको मुडीजले चेतावनी दिएको छ।
  • ट्रम्पले ट्यारिफको सकारात्मक प्रभावको दाबी गरेपनि अर्थतन्त्रमा नकारात्मक असर देखिएको छ।
  • रोयटर्सको रिपोर्ट अनुसार, कारखाना क्षेत्रमा अगस्टमा तीव्र कमी आएको छ।

वासिङ्टन डीसी । अमेरिकी अर्थतन्त्र मन्दीको सङ्घारमा उभिएको छ । एकातिर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरूमाथि ट्यारिफ बम खसालेर ठुला ठुला दाबी गरिरहेका छन् । अर्काेतर्फ, विश्वव्यापी रेटिङ्ग एजेन्सी मुडीजले उनलाई ठुलो झट्का दिएको छ । 

आफ्नो पछिल्लो प्रतिवेदनमा, मुडीजले अमेरिका गम्भीर मन्दीको सङ्घारमा रहेको र अर्थतन्त्रको एक तिहाइले पहिले नै सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । यो चेतावनी ट्रम्पको लागि मात्र नभई अमेरिकाको लागि पनि नराम्रो खबर हो । 

राज्य–स्तरीय तथ्याङ्कले अमेरिकी अर्थतन्त्र मन्दीको सङ्घारमा रहेको सङ्केत गरिरहेको मुडीज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डीको चेतावनी छ । अवस्था यस्तो छ कि अमेरिकी कुल गार्हस्थ्य उत्पादनको लगभग एक तिहाइ ओगटेका राज्यहरू या त मन्दीको चपेटामा परेको वा मन्दीको उच्च जोखिममा पुगेको उनले बताए । 

ट्रम्पले आर्थिक सफलताको प्रमाणको रूपमा जीडीपी वृद्धि दर र मुद्रास्फीतिको तथ्याङ्कलाई उद्धृत गर्दै र ट्यारिफको सकारात्मक प्रभावको दाबी गरिरहेका छन् । तर अमेरिका अर्को मन्दीको सङ्घारमा रहेको  जसले ठुलो आर्थिक क्षति निम्त्याउन सक्ने मुडीजका अर्थशास्त्रीहरू विश्वास गर्छन् । 

हालै आएको रोयटर्सको रिपोर्टले पनि अमेरिकी अर्थतन्त्रमा मन्दीको जोखिमका केही संकेतहरू देखाएको थियो । २०२५ को अगष्टमा अमेरिकाको कारखाना क्षेत्रको पीएमआई ४८ दशमलव ७ अंकमा झरेको थियो भने कारखानाहरूको अवस्था पनि ‘अमेरिकी महामन्दी’को समय भन्दा पनि खराब बताइएको थियो । 

रिपोर्टका अनुसार, अमेरिकाले विश्वभरका देशहरूमा शुल्क लगाएर आक्रमण गरिरहेको बेला, अमेरिकी उत्पादन क्षेत्रमा अगस्टमा लगातार छैटौँ महिना तीव्र कमी आएको थियो । देशका कारखानाहरूले ट्रम्प प्रशासनको आयात शुल्कको नराम्रो प्रभावको सामना गरिरहेको ले उत्पादन घटेको रिपोर्टमा भनिएको थियो । 

अर्थात् ट्रम्पको ट्यारिफ अर्थतन्त्रका लागि लाभदायक हुनुको सट्टा हानिकारक साबित भइरहेको छ । ट्यारिफ टेनशनका बीचमा निर्माताहरूले वर्तमान व्यावसायिक वातावरणलाई महामन्दी भन्दा पनि खराब बताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप