तराई–मधेसमा सर्पदंशका घटना बढे
बुधबार, १८ भदौ २०८२, १२ : ५८
सारांश
- तराई-मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू बढ्दै गएका छन्।
- प्रादेशिक अस्पताल जनकपुरधाममा दैनिक ५/६ जना सर्पदंशका बिरामी आउने गरेका छन्।
- २०८० चैतदेखि हालसम्म १,११५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्, जसमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ।
काठमाडाैँ । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिए ।
उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ ।
यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मृत्यु भएको झाले जानकारी दिए ।
वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण