गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने निर्णय
सारांश
- काठमाडौंको गोंगबुबाट प्रहरीले सुन र नगदसहित विनोद श्रेष्ठलाई पक्राउ गरेको छ।
- प्रहरीले श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ किलो सुनका गहना बरामद गरेको थियो।
- श्रेष्ठले घरमा नगद र सुन लुकाएर राखेको र सुन धितोमा राखेर ब्याजमा लगाउने गरेको बताएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।
मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘बरामद नगद र सुनका गहना सहित आरोपीलाई राजस्वमा पठाउँछौँ ।’
श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको थियो । ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको कम्पनी रहेको र बैंकबाट ९ लाखभन्दा धेरैको कारोबार गर्न नमिल्ने भएका कारण घरमा नै नगद राखेको प्रहरीसँग बताएका छन् ।
उनले धरौटीको रूपमा सुन राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको घरबाट प्रहरीले ३ केजी २१८ ग्राम चाँदी पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण