बाँकेमा चाडपर्वलाई मध्यनजर गर्दै व्यावसायिक सचेतना अभियान
सारांश
- नेपालगन्जमा चाडपर्वलाई लक्षित गरी व्यावसायिक सचेतना अभियान सुरु गरिएको छ।
- उद्योग वाणिज्य संघका अध्यक्षले व्यवसायीलाई जिम्मेवार भएर व्यवसाय गर्न आग्रह गरे।
- उपभोक्ताको हितका लागि बजार अनुगमन सचेतनामूलक बनाइने कुरामा जोड दिइएको छ।
बाँके । नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै नेपालगन्जमा व्यावसायिक सचेतना अभियान सुरु गरिएको छ । चाडपर्वमा हुनसक्ने कालोबजारी, मूल्य वृद्धि र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीलाई निरुत्साहित गर्न यस वर्ष नेपालगन्ज उद्योग वाणिज्य सङ्घले सचेतना अभियान सञ्चालन गरेको हो ।
सङ्घका अध्यक्ष टङ्क धामीले व्यवसायीलाई कानुनद्वारा तोकिएको सीमामा रहेर जिम्मेवारीपूर्वक व्यवसाय गर्न आग्रह गर्दै आतङ्कित पार्ने गरी नभई सचेतना जागरण गर्ने किसिमले बजार अनुगमन गर्न सम्बद्ध निकायलाई अनुरोध गरे । ‘व्यवसायीले पनि कानुनले तोकेको सीमा कार्यान्वयन गर्दै जिम्मेवार भएर व्यवसाय गर्नुपर्छ । गल्ती गरेको अवस्थामा सङ्घले व्यवसायीको संरक्षण गर्न सक्दैन’, उनले भने, ‘सरकारी नियमनकारी निकायले पनि व्यवसायीलाई आतङ्कित पार्ने नभई सचेतना जागरण हुने किसिमले बजार अनुगमन गर्न सके उपभोक्ताको हित हुनेछ ।’
नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले चाडपर्वमा उपभोक्ताको हितका लागि उपमहानगरको अनुगमन समितिलाई सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि खटाइने बताए । उनले बजार अनुगमन गर्नुको उद्देश्य कारबाहीको नभई सचेतना जागरण गर्नु हुने प्रतिबद्धता जनाए ।
उनले उपभोक्ता प्रत्यक्ष हानि पुर्याउने काम गरेका र नियत खराब राखेर व्यवसाय गरिरहेकालाई बाहेक अन्यलाई कारबाहीमा लैजानेभन्दा सचेत बनाउने उद्देश्यले बजार अनुगमन हुनुपर्नेमा जोड दिए ।
खाद्य प्रविधि तथा गुणस्तर कार्यालयका प्रमुख हरिबहादुर खत्रीले चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन गरिने बताए ।
उनले व्यापारीहरू पनि आफूले बेच्ने सामानबाहेक अन्य वस्तुको उपभोक्ता हुने भएकाले सबैलाई इमानदारितापूर्वक व्यवसाय गर्न आग्रह गरे । उनले अनुगमनको उद्देश्य कारबाही र जरिवाना गर्ने नहुने भन्दै यसलाई नकारात्मक रूपमा लिन नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण