बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दैनिक ५-६ जना सर्पदंशका बिरामी अस्पताल पुग्छन्

बुधबार, १८ भदौ २०८२, १४ : ३९
बुधबार, १८ भदौ २०८२

सारांश

  • तराई-मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू बढिरहेका छन्।
  • प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार दैनिक ५/६ जना सर्पदंशका बिरामीहरू अस्पताल आउने गर्छन्।
  • २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्, जसमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ।

धनुषा । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । 

दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपत्कालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिए । उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । 

तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मृत्यु भएको झाले जानकारी दिए । 

वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप