प्रहरी संगठनबाट बिदा भए आईजीपी थापा र दुई एआईजी
सारांश
- प्रहरी महानिरीक्षक दीपक थापा र दुई एआईजीहरू सेवाबाट अवकाशमा गएका छन्।
- नवनियुक्त आईजीपी चन्द्र कुवेर खापुङले विशेष समारोहमा उनीहरूलाई बिदाइ गरे।
- थापाले करिब ६ महिना प्रहरी संगठनको नेतृत्व गरे भने खापुङ नयाँ आईजीपी नियुक्त भए।
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापा र दुई जना एआईजीहरू बुधवारबाट अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि पुरा गरेर आईजीपी थापा, एआईजीद्ववय टेकबहादुर तामाङ र सुदिप गिरी अवकाशमा गएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी र दुई जना एआईजीलाई नवनियुक्त आईजीपी चन्द्र कुवेर खापुङले बिदाइ गरे । बिदाइ समारोहमा सशस्त्र प्रहरी गण नम्बर–१ का गण प्रमुख (एसपी) सुवासचन्द्र बोहरा नेतृत्वको कम्पनीले आईजीपी थापालाई सम्मान गारत अर्पण गरेको थियो ।
त्यसअघि गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले पनि आईजीपी थापालाई बिदाइ गरेका थिए । थापा २०८१ चैत ४ मा ३१ औँ प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । सेवा निवृत भएका तिनै जना २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । थापाले आईजीपीको रूपमा करिब ६ महिना प्रहरी सङ्गठनको कमान्ड गरे ।
मन्त्रिपरिषद्ले चन्द्रकुवेर खापुङलाई ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गरिसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखको रूपमा कार्यरत खापुङ २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण