मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

बुधबार, १८ भदौ २०८२, १९ : ३६
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । 

विभिन्न मिति र समयमा झुट्टा सवारी दुर्घटना खडागरी सरकारी कार्यालयको नक्कली कागजात तथा छाप बगाएर नक्कली घाइते खडा गर्ने र घाइतेको उपचार बि. एण्ड बि अस्पतालमा गरेको समेत नक्कली कागजात बनाइ नेपाल माईक्रो इन्सुरेन्स कम्पनीबाट बिमा रकम दाबी गर्ने कार्यमा संलग्न रहेको भन्दै मंगलबार ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी अपिलराज बोहराले बताए । 

प्रहरी उपरीक्षक बोहराका अनुसार उक्त कम्पनीका कर्मचारी र आफ्नो सवारी सम्बन्धी कागजात झुट्ट सवारी दुर्घटना मिलाइ भुक्तानी लिने कार्यमा संलग्न ५ जनालाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । 

पक्राउ परेका मानिसहरू
१. जिल्ला ललितपुर, गोदावरी नगरपालिका १४ बस्ने वर्ष ३६ को सुनिल महर्जन ।
२. जिल्ला ललितपुर, गोदावरी नगरपालिका १४ बस्ने वर्ष ३३ को विकेश कुँवर ।
३. का.जि.का.म.न.पा १२ घर भइ का.जि. का.म.न.पा. १४ बस्ने वर्ष ५१ को बिनोद डंगोल ।
४. जिल्ला सर्लाही, इश्वरपुर नगरपालिका ३ घर भइ हाल का.जि. का.म.न.पा. ३१ बस्ने वर्ष ३९ को सुनिल सापकोटा । ५. जिल्ला काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका २ घर भइ का.जि. काँडाघारी बस्ने वर्ष ४८ को हरि प्रसाद गौतम । ६. जिल्ला बारा, निजगड नगरपालिका ६ घर भइ का.जि. कागेश्वरी मनोहरा ७ बस्ने वर्ष ४५ को मनोज कुमार आचार्य ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप