प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान
काठमाडौँ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके) को ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा समेत शुभकामना आदान प्रदानसहित शुभेच्छा प्रकट गरिएको छ ।
इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ (आईएलएसए) ले बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरी शुभकामना व्यक्त गरेको हो ।
डीपीआरकेको ७७ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै कोरियाली जनतामा शुभेच्छा प्रकट गरिएको हो ।
यस अवसरमा (आईएलएसए) का अध्यक्ष सुवोधराज सेर्पालीले कोरियाको विजयी गाथाको प्रशंसा गरे । अध्यक्ष सेर्पालीले भने, ‘कोरियाली जनताले न्यायको लडाइँबाट विजय प्राप्त गरेपश्चात डीपीआरकेले आफ्नो ऐतिहासिक स्थापना गर्यो ।
साम्राज्यवादविरुद्ध डटेर लडेको कोरियाले बन्दुकसँगको लडाई बन्दुकबाटै गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूलाई अहिले शक्तिशाली राष्ट्रको रूपमा विकास गरेको छ । अनेकौँ नाकाबन्दी र प्रतिबन्धको सामना गर्दै अघि बढिरहेको डीपीआरके समाजवादी मुलुकहरूका लागि समेत उदाहरण बनेको छ ।’
डीपीआरके स्थापनाको ७७ औँ वर्षका अवसरमा कोरिया मामलाका जानकार फणिन्द्र पन्तले कोरियाको स्थापना, कोरियाली जनताको त्याग, किम इल सु को गौरवपूर्ण सङ्घर्षको बारेमा प्रष्ट पारेका थिए ।
यस्तै, कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू कठिन परिस्थितिमा समेत डीपीआरकेको भ्रमणमा गएको र एकता–शान्तिको अपिल गरेको स्मरण गरे ।
‘डीपीआरकेको भ्रमणको तयारी चल्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि नेपालमा रहेका जापानी र अमेरिकी राजदूतले नजान धम्की दिएपछि मैले रोकेर देखाउन चुनौती दिएँ । मेरो भ्रमण शान्ति र सह–अस्थित्वका लागि थियो,’ अध्यक्ष नेपालले भने ।
यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले समेत डीपीआरकेको ७० औँ स्थापना दिवसको अवसरमा शुभकामना दिए ।
कोरियाली जनताको त्याग र समर्पणको सराहना गरेका मैनालीले पटक–पटक डीपीआरकेको भ्रमण गरेको अनुभव सुनाउँदै संस्थापक नेता किम इल सु लाई स्मरण गरे ।
डीपीआरके स्थापनाको ७० वर्ष प्रवेश गरेको अवसरमा –आईएलएसए) ले आफ्नो संस्थाको तर्फबाट सोलिडारिटी सन्देश समेत पठाउने निर्णय गरेको छ । सोलिडारिटी सन्देश कोरियाली जनतासँग मित्रता र ऐक्यबद्धताका लागि एसिया प्रशान्त क्षेत्रीय समितिका सचिवालय सदस्य फणिन्द्रराज पन्तले सम्बन्धित ठाउँमा पुर्याउनेछन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार राजन कार्कीदेखि नेपालका विभिन्न समाजवादी तथा वामपन्थी दलका युवा नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
डीपीआरकेको स्थापना दिवसको अवसरमा विभिन्न राजनीतिक दलका भातृ सङ्गठनका नेताहरूले समेत शुभकामना सन्देश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण