रुसमा नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशत गिरावट,उत्पादनमा पनि कमी
सारांश
- सन् २०२५ को जनवरीदेखि अगस्टसम्म रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशतले घटेको छ।
- यात्रुवाहक सवारीसाधनको बिक्री २३ प्रतिशतले घटेर ७ लाख ६८ हजार २ सय पुगेको छ।
- अगस्ट महिनामा नयाँ सवारीसाधनको बिक्री २१ प्रतिशतले घटेर १ लाख ३५ हजार ५ सयमा पुग्यो।
मस्को । रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म देशभित्र नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशतको गिरावट आएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा जम्मा ८ लाख ७७ हजार ६ सय नयाँ सवारीसाधन बिक्री भएका छन्, जसमा यात्रु बोक्ने सवारी, हल्का व्यावसायिक सवारी, ठुलो मालवाहक सवारी र यात्रुवाहक ठुला सवारी समावेश छन् । देशमै निर्माण भएका नयाँ सवारीसाधनको बिक्री ६ प्रतिशतले घट्दै चार लाख ८३ हजारमा झरेको देखिएको छ ।
विशेष रूपमा हेर्दा, यात्रु सवारीको बिक्री २३ प्रतिशतले घटेर ७ लाख ६८ हजार २ सय पुगेको छ । त्यस्तै, हल्का व्यावसायिक सवारीको बिक्री २१ प्रतिशतले घटेर ६६ हजार ४ सयमा झरेको छ । मालवाहक सवारीको बिक्री झन् धेरै घट्दै ५६ प्रतिशतको गिरावटसहित ३५ हजार ९ सय ६० मा सीमित भएको छ। ठुला यात्रुवाहक सवारीको बिक्री पनि ४९ प्रतिशतले घट्दै ७ हजारमा झरेको छ ।
अगस्ट महिनाको मात्र कुरा गर्दा, गत वर्षको सोही महिनाको तुलनामा नयाँ सवारीसाधनको बिक्री २१ प्रतिशतले घट्दै १ लाख ३५ हजार ५ सयमा पुगेको छ । यद्यपि, अघिल्लो महिनाको तुलनामा भने बिक्री एक प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण