फुटबल
नेपाल ताजकिस्तानसँग पराजित
बुधबार, १८ भदौ २०८२, २३ : ५०
सारांश
- एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित भयो।
- खेल ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको थियो, जहाँ ताजकिस्तानले पहिलो हाफमा अग्रता लियो।
- मुहम्मदली अजिजबोएभले दुई गोल गरे भने रहमतजोडा रहमतशोह र शारिपोभ दलेरले एक-एक गोल थपे।
काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत नेपाल घरेलु टोली ताजकिस्तानसँग पराजित भएको छ ।
बुधबार भएको खेलमा नेपाल ताजकिस्तानसँग ४(० गोल अन्तरले पराजित भएको हो ।
ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा पहिलो हाफमा १–० गोलको अग्रता बनाएको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थपेको हो ।
ताजकिस्तानका लागि खेलको ३९औँ मिनेटमा मुहम्मदली अजिजबोएभले गोल गर्दै टिमलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाए ।
मुहम्मदली अजिजबोएभले नै ताजकिस्तानका लागि ब्यक्तिगत दोस्रो गोल गरे । उनले खेलको ५८औँ मिनेटमा गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।
ताजकिस्तानका लागि खेलको ८९औँ मिनेटमा रहमतजोडा रहमतशोहले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा ताजिकिस्तानका लागि शारिपोभ दलेरले गोल गर्दै टिमलाई ४(० गोलको जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण