जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्चुगलको अधिवेशन लिस्वनमा हुँदै
सारांश
- नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा लिस्वनमा प्रशिक्षण भेला र अधिवेशन हुँदैछ।
- पूर्व सञ्चारमन्त्री राम कार्की 'पार्थ' र पूर्व सभामुख ओनसरी घर्ती मगरको उपस्थिति रहनेछ।
- भेलामा युरोप, युके र अमेरिकाका माओवादी कार्यकर्ताहरूको सहभागिता रहनेछ, जसमा संगठन निर्माणको योजना बनाइनेछ।
लिस्वन । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा प्रशिक्षणात्मक भेला र नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको ८ औँ अधिवेशन सेप्टेम्बर १४ र १५ तारिखमा लिस्वनमा हुँदैछ । पहिलो दिन पोर्चुगलको ८ औँ अधिवेशन हुनेछ भने दोस्रो दिन प्रशिक्षणात्मक भेला र बैठक हुने बताइएको छ ।
पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव राम कार्की ‘पार्थ’को प्रमुख आतिथ्यता र पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्ती मगरको विशेष उपस्थितिमा भेला र पोर्चुगलको अधिवेशन हुने भएको हो ।
प्रशिक्षणात्मक भेलामा युरोपका विभिन्न देशसँगै युके र अमेरिकाका अगुवा माओवादी कार्यकर्ताहरूको सहभागिता रहने बताइएको छ । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपका अध्यक्ष चित्र सुवेदीले कार्यक्रमलाई भव्य बनाउनको लागि व्यवस्थापनका लागि तयारी थालिसकेको जानकारी दिए ।
‘जनप्रगतिशील मञ्चमा आबद्ध विभिन्न देशबाट साथीहरू पोर्चुगलको लिस्वनमा भेला हुँदैछौं, प्रशिक्षण र बैठकका साथै आगामी दिनमा सङ्गठन निर्माणका लागि ठोस योजना बनाएर अघि बढिने छ’ सुवेदीले भने । युरोपका झन्डै १९ देशमा एनपीपीएफका संगठन छन् ।
माओवादीका नेताद्वय राम कार्की ‘पार्थ’ र ओनसरी घर्ती मगरले प्रशिक्षण दिने छन् । भेलामा बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, माल्टा, क्रोएसिया, जर्मन, युके, अमेरिका लगायतका देशबाट जनप्रगतिशील मञ्चका नेताहरू लिस्वनमा उपस्थित हुने बताइएको छ ।
यसैगरी, नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) पोर्चुगलको ८ औँ अधिवेशनको तयारी पनि तीव्र पारिएको छ । एनपीपीएफ पोर्चुगलका संयोजक नारायण शर्माले भव्य रूपमा अधिवेशन गर्नेगरी तयारी भइरहेको जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण