रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
सारांश
- रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरे।
- सांसदहरूले सामाजिक सञ्जाल बन्द गर्ने धम्कीको विरोध गरे, भने जुम्लाको स्याउ खरिदको वातावरण बनाउन माग गरे।
- दुवै दलले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिनको माग गर्दै जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका अशोक चौधरीलाई बोल्न दिएका थिए । उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवलसमशेर राणालाई बोल्ने समय दिए । उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण