सामाजिक सञ्जाल दर्ता गरेर नियमनमा ल्याउन वार्ता र रणनीति बनाउन रास्वपाको आग्रह
बिहीबार, १९ भदौ २०८२, १३ : ४९
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जाल दर्ता गरेर नियमनमा ल्याउन वार्ता र रणनीति बनाउन सरकारलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा रास्वपा सांसद अशोक चौधरीले सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न आग्रह गर्दै दर्ता गरेर नियमनमा ल्याउन आग्रह गरे ।
उनले भने–‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन ।’ हतारमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी जनहित विपरीत रहेको बताउँदै सांसद चौधरीले सरकार एक हप्ता र दुई हप्ताको धम्कीको शैलीमा उत्रिनु उपयुक्त नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण