भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु
सारांश
- सिरहाको प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको मृत्यु भयो।
- उपचारमा ढिलाइ भएको भन्दै पीडित परिवार र स्थानीयले अस्पताल र बजारमा विरोध प्रदर्शन गरे।
- प्रदर्शनकारीले चिकित्सकमाथि कारबाही, भेन्टिलेटरको व्यवस्था र आइसियू स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाए।
सिरहा । सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरिएको जनाउँदै पीडितपक्ष चिन्तित बनेका छन् ।
यहाँको औरही गाउँपालिका–३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पदंश भएपछि उनी आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए । तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो र अन्ततः अन्यत्र रेफर गरिएपछि मृत्यु भएको पीडितपरिवारले आरोप लगाएका छन् ।
यस घटनापछि सिरहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए । मञ्चका संयोजक रामरिझन यादवले भने, ‘उपचार गर्न आग्रह गर्दागर्दै बिरामी बेहोस भए, अनि रेफर गरियो । समयमै उपचार भएको भए ज्यान बच्थ्यो । अस्पतालको चरम लापरबाहीको नतिजा हो यो ।’
प्रदर्शनकारीले तीन बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । मागमा कार्यक्षेत्रमा रहेका चिकित्सकमाथि कारबाही, अस्पतालमा सर्पदंश उपचारको उचित व्यवस्था र एक हप्ताभित्र सघन उपचार कक्ष (आइसियू) तथा भेन्टिलेटर स्थापना गर्नुपर्ने उल्लेख छ । गरिब किसानहरू उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको संयोजक यादवले गुनासो गरे ।
यसबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलप्रसाद कुशवाहाले अस्पतालमा बिरामीलाई राख्नको लागि भेन्डिलेटर नभएकाले अन्यन्त्र रेफर गर्नुपरेको जानकारी दिए । उनले भने- ‘बिरामीलाई तत्काल १० भाइल एन्टिस्नेक भेनम दिइएको थियो । तर, अवस्था गम्भीर भई भेन्टिलेटरको आवश्यकता देखिएपछि रेफर गर्नुपरेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण