सञ्चार मन्त्रालयले निर्देशन दिएपछि के हुन्छ सामाजिक सञ्जाल निष्क्रिय गर्ने प्रक्रिया ?
सारांश
- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २६ वटा सामाजिक सञ्जालमा प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको छ।
- प्राधिकरणका प्रवक्ताका अनुसार, सेवा प्रदायकलाई निर्देशन दिएर सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढ्नेछ।
काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो ब्यहोराको पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाउने निर्णय गरेको हो । अहिले मन्त्रालयले २६ वटा सामाजिक सञ्जालमा प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको बताइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्याल मन्त्रालयबाट पत्र पठाइएको जानकारी भएको भन्दै प्राप्त भएपछि बन्द गर्ने बताए ।
उनका अनुसार यस्ता साइटहरू बन्द गर्ने प्रक्रिया इन्टरनेट सेवा प्रदायकमार्फत हुन्छ । प्राधिकरणले सम्बन्धित सामाजिक सञ्जालको आईपी ठेगाना वा डीएनएस नम्बर दिएर सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिने उनले बताए ।
‘हामीले सेवा प्रदायकमार्फत बन्द गर्ने हो, निर्देशन प्राप्त भएपछि हामी सबैलाई सर्कुलर गर्छौँ,’ उनले भने, ‘प्राधिकरणले दिएको निर्देशन सेवा प्रदायकले तत्काल पालना गर्नुपर्ने व्यवस्था छ । यो त झनै सरकारकै निर्णय भयो, उहाँहरूले ढिला गर्नु भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण