पेस भएन संवैधानिक परिषद्सम्बन्धी विधेयक, प्रतिनिधिसभा भदौ २५ गतेसम्म स्थगित
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् विधेयकमा पुनर्विचार गर्न सदनलाई आग्रह गरे।
- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने कार्यसूची अन्तिम समयमा हटाए।
- राष्ट्रपतिले विधेयक फिर्ता पठाउँदै संशोधन संविधानको मर्म विपरीत रहेको बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक) माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव बिहीबारको प्रतिनिधिसभामा पेस भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गर्ने गरी राखेको कार्यसूची अन्तिम समयमा सभामुख देवराज घिमिरेले अन्तिममा हटाएका हुन् ।
सङ्घीय संसद्का दुवै सदनले पास गरी सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको विधेयक गत साउन ८ गते पुनर्विचारका लागि भनेर फिर्ता राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो ।
विधेयक फिर्ता पठाउने बेलामा सरकारले अगाडि बढाएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
संविधानको संविधानको धारा ११३ को उपधारा ३ मा प्रमाणीकरणका लागि पेस भएको विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा उत्पत्ति भएकै सभामा पठाउन सक्ने व्यवस्था छ ।
त्यही व्यवस्था अनुसार राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन् । यसैबिच प्रतिनिधिसभा बैठक भदौ २५ गतेसम्म स्थगित भएको छ । सभामुख घिमिरेले बैठक भदौ २५ गते दिनको एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण