च्यासलमा एमाले सचिवालय बैठक : प्रस्ताव र प्रतिवेदनमाथि छलफल
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु भयो, विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुनेछ।
- बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ र पारित गरिनेछ।
- महाधिवेशनमा केपी शर्मा ओली, विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेलले प्रतिवेदन पेश गर्नेछन्, जसमा युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेको असहमतिबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा पेस हुने प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा तीनवटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने गौतमको भनाइ छ ।
महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार २१ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन् ।
सचिवालय बैठकमा नेताहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे लगायतले केन्द्रीय कमिटी बैठकको निर्णयप्रति जनाएको असहमतिबारे छलफल हुनेछ । ज्ञवाली र पाण्डेले विद्या भण्डारीको सदस्यता निष्क्रिय बनाउने निर्णय सच्चाउनुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण