७४ जिल्लामा डेंगुको संक्रमण फैलियो, ३८ सय ७२ जनामा पुष्टि
बिहीबार, १९ भदौ २०८२, १९ : ०८
सारांश
- पछिल्लो २४ घण्टामा १७ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् ।
- गत सात दिनमा २६६ जना संक्रमित थपिएका छन् भने डेंगुका कारण २ जनाको मृत्यु भएको छ ।
- देशका ७४ जिल्लामा डेंगुका बिरामी फेला परेका छन्, जसमा गण्डकी, बागमती, र लुम्बिनी प्रदेशमा संक्रमण उच्च छ।
काठमाडौँ । डेंगुका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै पछिल्लो सात दिनमा २६६ जना संक्रमित भएका छन् भने डेंगुका कारण २ जनाको मृत्यु भएको छ । गएको पुसयता ३८ सय ७२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशका ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।
इडीसीडीको आँकडाअनुसार पछिल्लो सात दिनमा गण्डकी प्रदेशमा ६०, बागमतीमा ६५, लुम्बिनीमा ६०, कोशीमा २६, कर्णालीमा ३५, सुदूरपश्चिममा १८ र मधेश प्रदेशमा २ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
सात प्रदेशका संक्रमित संख्या हेर्दा गण्डकीमा १४९, बागमतीमा ८११, लुम्बिनीमा ६८६, कोशीमा ६४७, सुदूरपश्चिममा ४४७, कर्णालीमा १५५ र मधेशमा ७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण