ओलीकाे राजनीतिक प्रतिवेदन : कांग्रेसले उपलब्धि जोगाउन सकेन, माओवादी एण्टिथेसिस
सारांश
- एमाले अध्यक्ष ओलीले कांग्रेसलाई 'टेस्टेड' र माओवादी केन्द्रलाई वैचारिक नेतृत्वबाट बाहिरिएको बताए।
- ओलीको प्रतिवेदनमा कांग्रेसले लोकतन्त्रको रक्षा र उपलब्धि जोगाउन नसकेको उल्लेख छ।
- ओलीका अनुसार माओवादी केन्द्रका एजेन्डाहरू असफल भएका छन्, र पार्टी क्षयीकरण हुँदै गएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरेका छन् ।
उनले एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमार्फत दृष्टिकोण सार्वजनिक गरेका हुन् । उनले नेपाली कांग्रेसलाई टेस्टेड र नेकपा माओवादी केन्द्रलाई वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिसकेको बताएका छन् ।
ओलीको प्रतिवेदनमा नेपाली कांग्रेसले उपलब्धि जोगाउन नसकेको उल्लेख गरिएको छ ।नेपाली कांग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो ।
तर लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो 'टेस्टेड’ भइसकेको शक्ति हो । यसले सात सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न सकेन,प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै पन्ध्र सालको निर्वाचनमा दुई तिहाइ बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन नसकेको ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण कांग्रेसले सरकार गुमाएको पनि ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ,प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भयो ।
त्यस्तै ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा नेकपा माओवादी केन्द्रले प्रयोग गरेका एजेण्डाहरु प्राय असफल भएका उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ,'जनताको बहुदलीय जनवादको 'एण्टिथेसिस’ का रूपमा 'प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेना बिनाको पार्टी कम्युनिष्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो। ‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज 'माओवादी’ ट्याग पनि भारी भएको छ । शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन् ।'
अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, साङ्गठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कसैको पनि बहुमत नभएको हङ् पार्लियामेन्ट’का कारण सत्ताको लाभ लिइरहनु एउटा कुरा हो । तर मुलुकको वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट माओवादी केन्द्र बाहिरिसकेको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण