मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

विदेश पठाउँछु भनेर ठगेको आरोपमा ४ जना पक्राउ

बिहीबार, १९ भदौ २०८२, २० : ४९
बिहीबार, १९ भदौ २०८२

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम लिएपछि सम्पर्कबिहीन भएकाहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा पर्सा घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौँको कीर्तिपुर घर भएका ५३ वर्षीय सहनसिल महर्जन, रौतहट परोहा घर भएका २० वर्षीय विक्रम शाह र बाँके घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी छन् ।

जोलाहाले माल्दिभ्स पठाउँछु भनेर २ लाख ३० हजार र सहनसिल महर्जनले पोल्याण्ड पठाउँछु भनेर ६ लाख २५ हजार ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बिक्रम साहले युएई पठाउँछु भनेर २ लाख १० हजार तथा हरिकलाले २ लाख २३ हजार ठगेको एसपी आचार्यले जानकारी दिए ।

आरोपीहरूलाई प्रहरीले कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप