सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक : साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको बताएका छन्।
बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले सरकारको निर्णयले संविधानले प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र सङ्गठित हुने अधिकारको उल्लङ्घन हुने चेतावनी दिएका छन्। साहले लेखेका छन्, “२१ औँ शताब्दीको सूचना प्रविधिको युगमा सरकारले चालेको यो कदमलाई जति निन्दा गरे पनि कम हुन्छ।”
उनले वर्तमान सरकारलाई “अप्रजातान्त्रिक, अप्राकृतिक र अनैतिक गठबन्धन”को संज्ञा दिँदै त्यस्ता सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु “गोरूबाट दूध पाउने अपेक्षा” जस्तै भएको टिप्पणी गरेका छन्।
साहले अपवित्र गठबन्धनको राजनीति अस्वीकार गर्न र लोकतान्त्रिक अधिकारको पक्षमा आम जनतालाई आवाज बुलन्द गर्न आह्वान समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण