यस्तो छ एमाले विधान महाधिवेशनमा पेस गर्न लागिएको कर्ण थापाको फरक मत (पूर्णपाठसहित)
सारांश
- एमाले नेता कर्णबहादुर थापाले पार्टी कार्यालयमा फरक मत दर्ता गराएका छन्।
- उनले पार्टी विधानमा समयानुकूल परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
- एमालेको विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको विषय पेचिलो बन्ने देखिएको छ।
काठमाडौँ । आजबाट सुरु हुने एमाले विधान महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि पेस हुँदै छ ।
थापाले ७० वर्षे उमेरहद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेटेर फरक मत लग्ने भएका हुन् ।
नेता थापाले बिहीबार दिउँसो पार्टी कार्यालयमा दर्ता गरेको फरक मत आजबाट गोदावरीमा सुरु हुने विधान अधिवेशनमा छलफलका रूपमा लैजाने एमालेले जनाएको छ ।
बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्विकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । खासगरी एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने भनिरहेका बेला थापाले भण्डारीलाई रोक्न नहुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण