डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
शुक्रबार, २० भदौ २०८२, १० : ३९
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए ।
केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण